अमृतपानी खानेपानीको निर्वाचन रोचक

राप्ती । राप्ती नगरपालिका वडा नम्वर ७ मा रहेको अमृतपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि वैशाख २५ गते निर्वाचन हुदैछ । यो निर्वाचन दुई कारणले रोचक वन्ने देखिएको छ । पहिलो कारण नेकपा एमाले विरुद्ध अन्य दलहरुले महागठवन्धन तथा दोश्रो कारण पुर्व वडा अध्यक्ष र खानेपानीका निवर्तमान अध्यक्षबीचको भिडन्तले यो निर्वाचन रोचक देखिने भएको हो । निर्वाचनमा एमाले विरुद्ध नेपाली काग्रेश,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा ,एकिकृत समाजवादी सहितले गठवन्धन वनाएका छन् । नेकपा एमालेका तर्फबाट अध्यक्षमा वुद्धिराज थपलियाको उम्मेदवारी छ । वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती ८ बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । पार्टीका तर्फबाट थपलियालाई अध्यक्षमा सिफारिस गरेपनि एमालेकै गंगााशिं घलेले पुन कार्यकाल दोहोर्याउने चाहना राखेर अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनलाई एमाले वाहेक अन्य पार्टीहरुको साथ रहेको छ । घलेलाई पार्टीबाट कारवाहीका लागि वडा,नगर हुदै जिल्ला कमिटिमा सिफारिस गरिसकेको छ । एमालेका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थपलिया नेतृत्वको समुहबाट उपाध्यक्षमा लालप्रसाद कडेंल,सचिवमा बाबुराम तामाङ,सहसचिवमा नन्दलाल तामाङ र कोषाध्यक्षमा डिलकुमारी पुन मगरको उम्मेदवारी परेको छ । सदस्यका लागि भोलानाथ भुषाल,केशव पौडेल,टोमाया तामाङ,गीता थापा,दिपक क्षेत्री र शोभा लक्ष्मी थिंङले उम्मेदवारी दर्ता गराएका छन् । उता गठवन्धनबाट उपाध्यक्षमा धनवहादुर सुनार,सचिवमा खिलप्रसाद थपलिया,सहसचिवमा यदुकुमार कडेंल र कोषाध्यक्षमा प्रकाश चालिसेको उम्मेदवारी छ । गठवन्धनबाट उपाध्यक्षमा उम्मेदवारी दिएका सुनार काग्रेश निकट,सचिवमा उम्मेदवारी दिएका थपलिया माओवादी केन्द्र निकट,सहसचिवमा उम्मेदवारी दिएका कडेंल राप्रपा निकट र कोषाध्यक्षमा उम्मेदवारी दिएका चालिसे राष्ट्रिय स्वतन्त्र पार्टी निकटका हुन् । गठवन्धनबाट सदस्यहरुमा रिमवहादुर घर्ती,मोनिका तामाङ,नर्व लामा,थलनाथ गिरी,सागर सुवेदी,गोविन्द प्रसाद न्यौपानेको उम्मेदवारी छ । थपलिया नेतृत्वको समुहबाट लेखा समिति संयोजकमा महेन्द्र रिजाल,सदस्यहरुमा भक्तनारायण पुन र वुद्धिलाल सेढाई तथा घले नेतृत्वको गठवन्धनबाट लेखा समिति संयोजकमा पावल थापा तथा सदस्यहरुमा ओम प्रसाद रिजाल र सन्तवहादुर तामाङको उम्मेदवारी छ । वैशाख २५ गते संस्थाकै कार्यालयमा हुने निर्वाचनमा ९८० जना उपभोक्ताले मताधिकार प्रयोग गर्ने निर्वाचन समिति संयोजक घनश्याम कडेंलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार