पिप्ले खानेपानीमा भट्ट र पाण्डेको अध्यक्षमा उम्मेदवारी

साविक पिप्ले गाविसका जनताको खानेपानी उपलव्ध गराइरहेको पिप्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा दुइ जनाको उम्मेदवारी परेको छ । निवर्तमान अध्यक्ष राजकुमार भट्ट र कृष्ण प्रसाद पाण्डेको उम्मे्दवारी परेको छ । भट्ट यसअघिका समितीका अध्यक्ष हुन भने पाण्डेले अध्यक्षमा पहिलो पटक उम्मेदवारी दिएका हुन । राजनैतिक दलको हिसावमा कुरा गर्ने हो भने भट्ट नेकपा एमाले र पाण्डे नेपाली काग्रेसमा संलग्न छन । तर पिप्ले खानेपानीमा भने एमाले भर्सेस गठबन्धन देखिएको छ । उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । सचिवमा २ जना, कोषाध्यक्षमा ३ जना, सह सचिवमा ३ जना र खुल्ला सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ । साधरणसभा सम्पन्न गरेको लामो समय भइसक्दा समेत निर्वाचन समितीले निर्वाचनको मिती बैशाख ३० लाइ तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार