जेसीज सप्ताहमा लागुपदार्थ दुब्यर्सनी न्यूनीकरण सम्बन्धी प्रशिक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जारी जेसीज सप्ताह अन्तर्गत बिहीबार लागुपदार्थ दुब्यर्सनी न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । रत्ननगर जेसीजले रत्ननगर ९ स्थित कपरखोरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागुपदार्थ दुब्यर्सनी न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको हो । कक्षा ६ देखि १० कक्षा सम्मका ८० जना विद्यार्थीहरुलाई लागु पदार्थ दुब्यर्सनीको अबस्था, न्यूनीकरणको लागि भएका प्रयास र कानुनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण दिइएको जेसीज सप्ताह मुल समारोह समितिका संयोजक सुरेशजंग पाण्डेले जानकारी दिए । विद्यार्थीहरुलाई लागुपदार्थको दुव्र्यसनीबाट टाढा राख्न सचेतना कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । कपरखोरी माविका प्राधानाध्यापक विष्णु कट्टेल प्रमुख आतिथि रहेको सो कार्यक्रममा लागुपदार्थ दुव्र्यसनी न्यूनीकरणबारे प्रकाश शाह सहजीकरण गरेका थिए । रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ९ की कार्यबाहक वडा अध्यक्ष सुष्मा खड्का थोकीले लागुपदार्थ सेवनले युवाहरूको भविष्य नै अन्धकारमय भन्दै अध्ययन र चिन्तन नहुँदा युवाहरु बरालिएर दुब्यर्सनीमा फस्न थालेकोमा बताइन् । कार्यक्रममा विद्यालयकी सहायक प्राध्यानाध्यापक सुष्मा सापकोटा, इसीए प्रमुख संगिता अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।सप्ताह अन्तर्गत २२ गते पूर्वी चितवन पत्रकार र जेसीजबीच मैत्रीपूर्ण फुटबल, २३ गते मानवसेवा आश्रम र असहाय वृद्ध कल्याणसमाजमा खाना खुवाउने कार्यक्रम, २४ गते सामूहिक व्रतबन्ध कार्यक्रम र २५ गते विपन्न समुदायका विद्यार्थीलाई स्टेसनरी वितरण कार्यक्रम तय गरिएको रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ताले जानकारी दिए । रत्ननगर जेसीजका महासचिव नरहरी पुरीले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर जेसीजका कार्यकारी उपाध्यक्ष तथा कार्यक्रम मूलसंयोजक सुरेशजंग पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार