राप्ती । नेकपा (माओवादी केन्द्र) राप्तिले गत बैशाख १२ गते त्रिशुली नदिमा डुबेर मृत्यु भएका सन्दिप परियारको परिवारलाई आर्थिक सहयोग गरेको छ । विहिवार परियारको घरमा गई शोक सभा गर्दै संकलन भएको ३६ हजार ९ सय ६५ रुपैया सहयोग गरेको हो । नगर कमिटीका बरिष्ठ उपाध्यक्ष नवराज पाठक श्यामको नेतृत्वमा संकलित रकम परिवारलाइ दिइएको हो । पाठकले सन्तोषको घर निर्माण समेत गरि दिने बताए । अहिले सन्तोषको परिवारमा भएको वज्रपात कसैले महसुश गर्न नसक्ने भन्दै हामी सवैले साथ दिनुपर्ने बताए । शोक सभामा पार्टीका नगर सह–सचिव गोपाल बिश्वकर्मा ,जिल्ला समन्वय समिती सदस्य राम बहादुर राई,दोर्जे लामा ,पोर्जुगल निवासी धनराज प्रजा लगायतको टिमले परिवारजनलाइ भेटी आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । सन्तोषका परिवारले आफ्नो घर नभएको कारण छिमेकीको घरमा कर्मकाज गरिरहेका छन ।