राप्ती । चितवन जिल्लाकै सबैभन्दा विकट मानिएको कान्दामा पहिलो पटक स्थानीय सरकारले आवश्यक सामग्री सहित उपस्थिति देखाएको छ । राप्ती नगरपालिकाको मेयर, उपमेयरसहितको टोलीले कान्दा पुगेर खाद्यान्न तथा बीउविजन बाँड्नुका साथै एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेर फर्किएको छ । नगरपालिकाका मेयर शमशेर लामाका अनुसार नगरपालिकाले कान्दामा रहेको कुमार बलराम छात्रावासमा आश्रित १३० जना चेपाङ बालबालिकाका लागि ६१ बोरा चामल सहितको खाद्यान्न सहयोग गरेको छ । राप्ती नगरपालिकाको वडा नं १३ मा पर्ने कान्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको आवासीय सुविधा दिलाउँदै आएको कुमार बलराम छात्रावासलाई खाद्यान्न सहयोग गरिएको मेयर लामाले जानकारी दिए । पालिकाकै सबैभन्दा विकट मानिएको कान्दाको भौगोलिक अवस्था बुझ्न तथा स्वास्थ्य र शिक्षाको अवस्थाबारे अवलोकन गर्न पनि नगरपालिकाको टोली कान्दा पुगेको नगरपालिकाका मेयर शमशेर लामाले बताए । सोही क्रममा नगरपालिकाले एकीकृत स्वास्थ्य शिविरसमेत सञ्चालन गरेर फर्किएको छ । कान्दामा भएको स्वास्थ्य शिविरबाट १२० जनाले सेवा लिएका छन् । २०६७ सालदेखि कान्दासँग मितेरी गाँस्दै आएको मितरी फाउन्डेसनको टोलीले कान्दा पुगेर स्थलगत अवलोकन गर्न स्थानीय सरकारलाई दबाब दिएको थियो । सोही आधारमा कान्दा पुग्दा त्यहाँका स्थानीयलाई मध्यनजर गर्दै खाद्य सामग्रीसहित स्वास्थ्य शिविर लिएर कान्दा पुगेको नेपाल पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष समेत रहेका मितेरी फाउन्डेसनका महासचिव राधेश्याम खतिवडाले जानकारी दिए । मितेरीले कान्दा क्षेत्रको सामाजिक क्षेत्रका लागि विशेष योगदान दिँदै आएको छ । जंगली विषाक्त च्याउ २६ जनाले विभिन्न तरकारी तथा सेवनका कारण २०६७ सालमा कान्दामा एकै परिवारका आठ जना सदस्यले ज्यान गुमाएको घटना बाहिरिए पछि भरतपुर बाट पत्रकार सहितको टोली कान्दा पुगेको थियो । कान्दाको विकासको लागी पालिकाले आवश्यक समन्वय गर्ने उपमेयर देवेन्द्र लामाले बताए । लामाका अनुसार अहिले पालिकामा कान्दाको लागी केहि योजनाको बिषयमा छलफल समेत भएको बताए । आवश्यक सहयोग र समन्वय हुनेछ । यसमा कुनै समस्या छैन । कान्दामा आफुहरु सहित अवलोकन गरियो । काम गरियो । शिविर पनि गरियो । अनि अन्य गतिविधि पनि भएका छन । यसले सकरात्मक काम भइरहेका छन ।