एमाले सदस्य परित्याग

पिप्ले । नेकपा एमाले राप्ती १ पिप्लेका बेग बहादुर कार्किले आफु पार्टी परित्याग गरि स्वतन्त्र रहेको बताएछन । कार्किले एक विज्ञप्ति जारी गदै नेकपा एमालेको साधरण सदस्य समेत नरहने गरी सदस्यता त्यागेको बताएका छन । उनले लेखेका छन “आफुले पार्टी लाई हरबखत सहयोग गर्दै पार्टीको पक्षमा काम गर्दै आएकोमा हामी दुखी, गरीब कार्यकर्ता जनतालाई आफुलाई खाँचो पर्दा मात्र हात जोडने र हामीलाई काम छउन्जेल भाडों काम सकीएपछी ठाडों भने झैँ (युज एन्ड थ्रो) गर्ने गरेको र अवसरवादी प्रवृती ने.क.पा एमाले चितवनमा हावी भएकोले चुनावको वेलामा मात्र हामीलाई भोट बैंक को रुपमा प्रयोग हुँदै आएको आज मिती २०८०÷०१÷२० गते बाट ने.क.पा एमाले को साधारण सदस्य र संगठित सदस्य समेत नरहेको जानकारी गराउदै खुल्ला रुपमा देश, जनता र समाजमा यस्ता अवसरवादी लाई परास्त गर्ने प्रण गर्दै अहोरात्र खटिने जानकारी सम्पुर्ण आमाबुवा, दाजुभाई, दिदीबहीनीमा अवगत गराउँदै “आफ्नो टोल आफै बनाउ, आफ्नो वडा आफै बनाउ, आफ्नो देश आफैँ बनाउ, भ्रस्ट्राचार निर्मुल पारौं” भन्दै आजैका मिती देखी ने. क. पा. एमाले पार्टीबाट राजीनामा दिएको घोषण गर्दछु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार