राप्ती । म्ांगलवार राति भरतपुरका व्यवसायी एवम् उद्योगी शंकर कंडेलले सुसाइड नोट लेख्दै आत्महत्या गरेपछि दोषिलाइ कारवाहिको माग गदै राप्ती उद्योग वाणिज्य संघले विज्ञप्ति निकालेको छ । बुधवार संघका अध्यक्ष राजकुमार कडेलले हस्ताक्षर गरेका विज्ञप्तिमा एक सफल उद्योगी व्यत्तित्व स्व कंडेलले आफुले आर्जन गरेको प्रतिष्ठापूर्ण जिवनबाट यस प्रकारको अवसान रोज्नु निश्चय नै सामन्य विषय थिएन । देहत्याग गर्नुअघि स्व कंडेलले आफनै हस्ताक्षरमा लेखिएको नोटमा उल्लेखित पात्र माथि न्यायिक छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम कारवाही गर्न जोडदार माग गरिएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा उद्योगी व्यवसायीहरुले मृत्यु जस्तो अप्रिय बाटो रोजेको देख्न सकिन्छ, यो सवै राज्यको कमजोर आर्थिक निती र यसअघि निजि क्षेत्रले उठाउदै आएको मागहरु प्रति बेवास्ता गरिनु नै प्रमुख कारण हो भन्दै दोषि माथि कारवाहि हुनुपर्ने विज्ञप्तिमा उल्लेख रहेको छ ।