पत्रकारितामा सक्रिय नरहेका सदस्यलाई सदस्यता त्याग्न महासंघको आग्रह

भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारितामा सक्रिय नरहेका सदस्यहरुलाई महासंघको साधारण सदस्यता त्याग्न आग्रह गरेको छ। महासंघको केन्द्रीय समितिको परिपत्रअनुसार चितवन शाखाले १५ दिने सूचना जारी गर्दै स्वतः सदस्यता त्याग्न आह्वान गरिएको चितवन शाखाका सचिव दीपेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

लामो समयदेखि पत्रकार महासंघ चितवनको सदस्य शुद्धिकरणको आवाज उठिरहेका बेला चितवन शाखाले पहिलो चरणमा सार्वजनिक सूचना नै जारी गरेर सदस्यता त्याग्न आह्वान गरिएको सचिव अधिकारीले जानकारी दिए। पुराना सदस्यको सदस्यता नवीकरणको विषयमा अध्यक्ष नारायणप्रसाद अधिकारीको संयोजकत्वमा समितिसमेत निर्माण भएको छ।

मंगलबार बसेको कार्यसमितिको बैठकले नयाँ सदस्यता दिलाउने विषयमा पनि उपाध्यक्ष प्रमिता ढकालको संयोजकत्वमा उपसमिति गठन गरेर अध्ययन सुरु गरिएको महासंघले जनाएको छ। चितवन शाखामा हाल २७६ जना सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार