राप्ती ५ मा पोषण भत्ता वितरण

राप्ती नगरपालिका वडा नं ५ ले वडामा रहेका गर्भवती र सुत्केरी महिलालाइ पोषण भत्ता वितरण गरेको छ । मंगलवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भत्ता वितरण गरिएको हो । कार्यक्रममा बोल्नुहुदै वडाध्यक्ष सिताराम तामाङले १५ दिन अघिनै नामावली काम गरिएको र सोहि आधारमा वितरण गरिएको बताए । तामाङका अनुसार ४५ जनाले निवेदन दिनु भएकोमा अहिले २७ जनालाइ जनही २५ सयका दरले पोषण भत्ता वितरण गरिएको बताए । उनका अनुसार यो वडाको नियमित कार्यक्रम हो । कार्यक्रममा कार्यपालिका सदस्य गोमादेवी धरेल, वडा सदस्यहरु चुडामणी बतौला , मदन गोपाल लटौला , लक्ष्मिी विकले आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार