राप्ती । राप्ती १२ का दुइ किशोरीको थप पढाइको लागी भन्दै राप्ती नगर नगर प्रमुख शमशेर लामाले आर्थिक सहयोग गरेका छन । लमजुङमा रहेको ग्रामिण तालिम केन्द्रमा कृषि विज्ञान विषयमा प्रि डिप्लोमा १८ महिने कार्यक्रम अन्तर्गतको शिक्षा लिइरहेका राजकुमारी प्रजा र कल्पना प्रजालाई लामाले लमजुङ पुगि छात्रवृति उपलब्ध गराएका हुन । मंगलवार लामा लमजुङनै पुगेर ७५ हजार रुपैया सहयोग गरेका हुन । लामाले नगरका कोहि पढ्छु भनेका छन भने , कोहि थप शिक्षा लिन चाहान्छन भने उनिहरुको लागी सधै आवश्यक सहयोग गर्ने बताए । पालिकाको तर्फ वाट दुइ जना छात्राको लागी ७५ हजार सहयोग गरिएको उनले बताए । यसअघिनै नगर प्रमुख लामाले राप्तीमा निशुल्क शिक्षा अभियान सुरु गरेका छन । उनले पालिकाको सामुदायिक विद्यालयमा कहि कतै पनि शुल्क तिर्न नपर्ने बताए । उनले आर्थिक अभावका कारण कोहि नगरवासीले शिक्षा वाट वञ्चित हुनुनपर्ने बताए । मैले खवर अलि अगाडी पाएको थिए , दुइ जना हाम्रो राप्तीका वहिनीहरु यहा आएर आफ्नो शिक्षाको लागी छन भनेर तर समय अभावले आउन सकेको थिइन । आज आए । लामाले यसको लागी अव आवश्यक समन्वय गर्ने र गराउने बताए । थप सहयोगको लागी पनि अनुरोध गरे । लमजुङ पुगेर लामाले राप्तीका सवैलाइ निशुल्क शिक्षाको लागी लागी पर्नेछु भने