गाउँलेका – `सम्शेर बाबु´सङ ३ दिन ।

चितवनको राप्ती नगरपालिका प्रमुख Shamsher Lama सङ यस अघि वडा अध्यक्ष हुँदा फर्मल कार्यक्रममा २/४ पटक भेट बाहेक खासै नजिकपन थिएन । जब उनी राप्ती नगरपालिकाको प्रमुखको उम्मेदवार बने त्यसपछि थोरै चासो बढेको थियो ।
उनिप्रती चासो बढ्नुको कारण नयाँ पाटीबाट तन्नेरी उम्मेदवार थिए, चुनाब चिन्ह नयाँ थियो, गढ अर्कैको थियो तर उनले चुनाब जिते र मेयर भए । बिजयी भएपछी उनी प्रतिको चासो अझै बढेको थियो तर, भेटघाट थिएन । यिनले चुनाब कसरी जिते एकदमै खुलदुली थियो ।
यसपटक उनिसङ ३ दिन चितवनको असाध्यै बिकट पहाडी गाउँ कान्दा र वासवाङ घुम्ने अवसर जुर्यो । संयोगले जुरेको यो यात्रामा उनिप्रतिको खुलदुली मेटिएको छ ।
नरम बोली, मिजासिलो व्यबहार, मान नोखोज्ने, सबैको कुरा धैर्यतापुर्बक सुन्ने,म होइन हामी भन्ने, सामुहिकतामा बिश्वास राख्ने स्वभावनै उनको बिजयको कारण रहेछ ।
विकट गाउँका बासिन्दाले उनलाई – `सम्शेर बाबु´ भन्दै अङालो हाल्दै भकानिएको देख्दा, चुनाव जित्न गढ, पाटी र चिन्ह भन्दा उम्मेदवारको व्यबहारले खास अर्थ राख्दो रहेछ भन्ने लाग्यो ।
जे थाहा पाइयो त्यही लेखियो । उनी राप्तीका म कालिकाको लेनादेना केही छैन । केही गरुँ भन्ने हुटहुटी बोकेका युवा मेयर सङको तीन दिने चितवनको बिकट भुगोल कान्दा र वासवाङ यात्रा मेरा लागि स्मरण योग्य बन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार