कान्दा र वासबाङमा निशुल्क स्वास्थ्य शिविर – ४ सय भन्दा बढी स्थानियको स्वास्थ्य परिक्षण

राप्ती । राप्ती नगरपालिकाले स्वास्थ्यको पहुँच पुग्न नसकेको कान्दामा पहिलो पटक एकीकृत स्वास्थ्य शिविर आयोजना गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले राप्ती–१३ को कान्दासँगै सोही वडाको वासबाङमा पनि सोही प्रकारको शिविर सम्पन्न गरेको छ । शिविरमा सामान्य चिकित्सा सेवा, आयुर्वेद सेवा, महिलाहरुको पाठेघर जाँच, गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा, परिवार नियोजनसम्बन्धी सेवा, रगत, पिसाब र क्षयरोगका लागि खकार परीक्षण, आँखा परीक्षण, दन्तरोग उपचार सेवा प्रदान गरिएको थियो । दुई स्थानको शिविरबाट ४२० जनाले विभिन्न सेवा लिएको स्वास्थ्य शाखामा कार्यरत सिअनमी निरीक्षक तुलसी अधिकारीले जानकारी दिइन् । शनिबार कान्दामा गरिएको शिविरमा १२० जना तथा आइतबार वासबाङमा गरिएको शिविरमा ३०० जना लाभान्वित भएको उनले बताइन् । सोही अवसरमा गर्भवती महिलाहरुलाई पोषण आहारका लागि तरकारीको बीउ प्रदान गरिएको थियो । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका आमा तथा घरपरिवारका लागि तरकारीको बीउ वितरण गरिएको राप्ती नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख राममणि सिलवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार