विदाको दिन नगर प्रमुख उपचाररत नगरवासी भेट्दै

राप्ती । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा श्रमिक दिवसको दिनमा समेत व्यस्त रहे । सार्वजनिक विदाको दिन लामा भरतपुरका विभिन्न अस्पतालमा व्यस्त रहेका थिए । मौसमका कारण विमार रहेका दर्जन भन्दा बढी नगरवासीको स्वास्थ अवस्था बुझ्नकै लागी लामा भरतपुरका विभिन्न अस्पताल पुगेका हुन । लामा नगरवासीनै विमार भएपछि घरमा आराम गरेर वस्न सकेनन । उनि ३ दिनको कान्दा र वासवाङ्गको वसाइपछि आइतवार मात्र भण्डारा आइपुगेका थिए । साझ आयतवार आएका लामा सोहि समय चितवन क्षेत्र नं १ का सांसद हरि ढकालसंगको भेटमा व्यस्त थिए । सोमवार विहानै उनि भरतपुरका उपचारमा रहेका नगरवासीलाइ भेटघाटमा व्यस्त भए । उनले भने एकै पटक धेरै नगरवासी विमार रहनु भएको रहेछ । म सुन्नै वित्तिकै भरतपुर आएको हुँ । उहाहरुलाइ उपचारको क्रममा केहि समस्या छ कि भनेर आएको हु । लामाले अस्पतालमा आवश्यक समन्वय गर्नुपर्ने ठाउमा समन्वय गरि सकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार