काठमाडौं उपत्यका कुहिने फोहोरको चर्चा बढी हुने गर्छ । विद्युतीय फोहोर (पुराना र बिग्रिएका सीआरटी डेस्कटप, सीआरटी टेलिभिजन, वासिङ मसिन, ल्यापटप, एलसीडी टेलिभिजन र मोबाइल, ब्याट्री टेलिफोन, बिजुलीको फ्युजजस्ता समग्री)ले सहर भरिँदै गएको छ । औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नसकेको नेपालमा विद्युतीय फोहोर थप चुनौतीको विषय हो । विद्युतीय फोहोर विश्वका लागि नै चुनौती बन्दै गएको छ । अफ्रिकी मुलुकहरू केन्या, सुडान, घाना, तान्जानिया लगायत देशमा विद्युतीय फोहोरको पहाडै बनिसकेको छ । यसले मानव स्वास्थ्यसँगै हावापानीमा पनि गम्भीर असर गरिरहेको छ । नेपालमा वर्षमा २५ हजार टन विद्युतीय फोहोर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ । विद्युतीय सामग्रीमध्ये देशमा अत्याधिक भित्रिरहेको विद्युतीय साधन हो, मोलाइल सेट । पछिल्ला दिनमा बर्सेनि मोबाइल सेटमात्रै सरदर ६० लाख नेपाल भित्रिएको सरकारी आँकडा छ । विद्युतीय सामग्री तथा उपकरणहरूको प्रयोग बढेसँगै विद्युतीय फोहोर बढेकाले व्यवस्थापनमा चुनौती देखिएको हो । काठमाडौं उपत्यका कुहिने फोहोरको चर्चा बढी हुने गर्छ । विद्युतीय फोहोर (पुराना र बिग्रिएका सीआरटी डेस्कटप, सीआरटी टेलिभिजन, वासिङ मसिन, ल्यापटप, एलसीडी टेलिभिजन र मोबाइल, ब्याट्री टेलिफोन, बिजुलीको फ्युजजस्ता समग्री)ले सहर भरिँदै गएको छ । औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नसकेको नेपालमा विद्युतीय फोहोर थप चुनौतीको विषय हो । सूचना र प्रविधिमा निर्भर हुँदै गएको समाजमा विद्युतीय सामग्रीको प्रयोग बढ्दो छ । सरकारले सामान्य घरायसी फोहोर व्यवस्थापनमा मात्रै ध्यान दिइरहेको छ । केही निजी कम्पनीले विद्युतीय फोहोर संकलन र व्यवस्थापनमा प्रयास गरे पनि त्यो पर्याप्त भएको छैन । विद्युतीय फोहोर व्यवस्थापनका लागि कुनै ठोस काम भएको छैन । त्यसका लागि आवश्यक नीति पनि छैन । विद्युतीय फोहोर व्यवस्थापनका लागि छुट्टै नीतिगत व्यवस्था आवश्यक छ । विद्युतीय फोहोर समस्यामात्र हैन, अर्थोपार्जनको राम्रो माध्यम पनि बन्न सक्छ । बहुमुल्य धातु पनि यही फोहोरमा मिसिएका हुन्छन् । त्यसैले आवश्यक नीति बनाएर विद्युतीय फोहोरको उपयोग गर्नसके अबको दशकमा बढ्दो विद्युतीय फोहोरलाई मोहरमा परिणत गर्न सकिन्छ ।