राप्ती । राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा रहेका पानी घट्टको विकल्प खोजिने भएको छ । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा , उपप्रमुख देवेन्द्र लामा सहितको टाली कान्दामा विभिन्न कार्यक्रमको लागी पुग्दा पहाडी क्षेत्रका पानी घट्टको विकल्प खोजिने भन्दै घोषणा गरिएको हो । नगर प्रमुख लामाले ३÷४ घण्टा हिडेर मकै र गहु पिध्न जानुपर्ने बाध्यता हटाउने बताएका हुन । उनले डिजल वाट चल्ने कुटानी पिसानी गर्न मिल्ने साना उद्योगको प्रयोजनको मिल ल्याउने भन्दै पहाडी क्षेत्रमा पानी घट्ट मुक्त बनाउने बताए । कान्दाका जनताको समस्या सुन्नकै लागी गएको मेयर सहितको टोलिले अवको केहि समयमा जनताको दुखमा मलम लाग्ने बताए । कहि सुधारिएको पानी घट्ट छ तर पनि त्यसको लागी विकल्प खोजिनुपर्छ लामाले भने,
लामाले कान्दामा मात्र नभइ पहाडी इलाकामा रहेका सवै ठाउको पानी घट्टको विकल्प खोजिने बताएका हुन । उनले पहाडी क्षेत्रका जनप्रतिनिधिलाइ कहा कति वटा पानी घट्ट रहेको छ त्यसको डाटा निकालेर विकल्पको वाटो बताउने बताए । राप्ती नगर उपप्रमुख देवेन्द्र लामाले समृद्ध पालिकाको परिकल्पनामा पानी घट्टको विकल्प खोजिनु पनि एक उत्तम विकल्प रहेको बताए । उनले भारी बोकेर खानकै लागी ४ घण्टा आउन र ४ घण्टा जान दुख गर्नुपर्ने दिनको अन्त्य गर्ने बताए । उनले कान्दाको मात्र उदारहण दिइएको हो । पहाडी क्षेत्रको कयौ भुभागका जनताको यो समस्याको समाधानको लागी विकल्प खोजिने उनको तर्क रहेको छ । पालिकाको विभिन्न क्षेत्रमा रहेको पानी घट्टको ठाउमा डिजल वाट चल्ने मिल आउछ । यसको प्रभावकारिताको बिषयमा अव छलफल हुनेछ ।
राप्ती पानी घट्ट मुक्त पालिका हुदै
