राप्तीको कान्दामा इन्टरनेटको पहुच – काम गरेर देखाउने नगर प्रमुख र उपप्रमुखको प्रतिवद्धता

राप्ती । राप्ती नगरपालिकाको कान्दामा इन्टरनेटको सुविधा सुरु भएको छ । शुक्रवार साझ वाटै नेपाल टेलिकमको फोर जि सेवाका आवश्यक डिभाइस लिएर नगर प्रमुख शमशेर लामा र उपप्रमुख देवेन्द्र लामा सहितको पालिकाको समुहले कान्दामा रहेको कान्देश्वरीमा फोर जि सेवा सहितको इन्टरनेटको सुविधा सुरु गरेको हो । शुक्रवार राप्ती प्रमुखको नेतृत्वमा ३४ जनाको समुह कान्दा तर्फ गएको हो । एकै दिनमा पालिकाले ६१ बोरा चामल सहित एकिकृत स्वास्थ्य शिविर लिएर गएको हो । पालिकाको यो कोशेली हो । हामी अव निरन्तर कान्दालाइ हेर्नेछौ । कान्दाको लागी सकरात्मक काम मात्र होइन अन्य धेरै सृजनात्मक कामको लागी हामी तयार रहेका छौ । सडक विस्तार प्रमुख समस्या भएपनि यस बिषयमा हाम्रो चासो पहिले देखिनै रहेको थियो । अहिले हामी यसमा बिशेष पहल गर्नेछौ । प्रमुख लामाले विद्यालयको गुणस्तर र सेवामा कुनै समस्या छैन तर पनि यसका लागी पालिकाले गर्नुपर्ने आवश्यक पहल गर्नेछ । अहिले राप्तीको कर्णाली भने चिनिने कान्दाको आफ्नै बिशेषता रहेको उनले बताए । नगर उपप्रमुख देवेन्द्र लामाले राप्ती नगरपालिकाको नाम र पहिचानको पछाडी अव कान्दा पनि रहने बताएका छन । उनले कान्दाको आफ्नै पहिचान र रितिरिवाज रहेको कारण यसको लागी आवश्यक समन्वय गरिने पनि बताए । राप्ती नगरपालिकाको ४ वटा विकट वडामा कान्दाअतिनै विकट वडामा पर्छ । उनले अव यसको आवश्यक विकास र पहिचानको लागी पालिकास्तर वाट काम गरिने बताए । शुक्रवार पुगेको टोलिले शनिवार सो स्थानमा निशुल्क स्वास्थ्य शिविर , पोषण कार्यक्रम , आयुर्वेदको निशुल्क सेवा लगायतका परिवार नियोजनको सेवा समेत दिएको हो । शनिवार कान्दा र आइतवार वासवाङ्गमा विभिन्न्न कार्यक्रम सहित राप्ती नगरपालिकाको टोलि सोमवार वाट भण्डारा फर्केने योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार