राप्ती । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले राप्ती १३ को विकट क्षेत्र कान्दामा सडक निर्माणको काम अगाडी बढाउने बताएका छन । लामाले यहि आउदो बजेटमा कान्दा सम्म जाने दुखलाइ शिघ्र सहज बनाउने बताए । शुक्रवार विभिन्न योजना सहित पुगेको राप्ती नगरपालिकाको टोलिमा उनले अहिले पनि हिडेर यात्रा गर्नुपर्ने बाध्यतालाइ दुर लैजाने बताए । उनले कालिटार वाट करिब ३ घण्टा भन्दा बढी पैदलमा मात्र कान्दा पुग्ने भन्दै यसको विकल्प खोजिने बताए । यहाका जनताले कसरी आफुलाइ व्यवस्थित गरे होलान भन्दै लामाले कसरी हुन्छ म आफै लागी परेर भएपनि बाटो निर्माण गर्नेछु । सडक निर्माणको कुरामा भन्ने वित्तिकै हुदैन तर पनि सुरुवात भने गर्नेछु । जसले भएपनि बाटो निर्माण गर्नुपर्छ यो अवसर मिलेको छ हामी निर्माण गर्नेछौ भन्दै उनले कान्दामा सडक पुग्ने कुरामा निश्चित हुन अनुरोध गरे । राप्तीको १३ को कान्दामा कान्देश्वरी आधारभुत विद्यालय सहित कुमार बलराम स्मृती छात्रवास समेत रहेको छ । कान्दानै पुगेका राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाले अवका दिनमा पनि हिड्नु पर्ने , हिडेर दैनिकी गुजारा गर्नुपर्ने अवस्थालाइ कम गर्ने बताए । उनले मेयर सावले भनि सक्नु भएको छ अवका दिनमा हामी कसरी हुन्छ कान्दा बाटो पुग्छ । यो बिषयमा लागि पर्नेछौ । बाटो पुगे पछि अरु विकासको लागी सोचौला तर पहिले बाटो लैजाने बिषयमा हामीले ध्यान दिनुपर्ने देखिएको छ । लामाले वाटो निर्माणको लागी कार्यपालिकामा लगेर भए पनि आवश्यक वजेट विनियोजन गरिने बताए । कान्दामा रहेको आधारभुत विद्यालयमा अहिले १ सय ३० जना बालवालिकाले आवास सहितको शिक्षा लिइरहेका छन । कुमार बलराम स्मृती छात्रावास सहित स्थानिय तह र मितेरी फाउण्डेशनले समेत सहयोग गरेको छ ।