राप्ती, १३ बैशाख । चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा उद्घोषण तालिम सुरु भएको छ । सजिलोपाटी मिडिया प्रालिको आयोजना तथा राप्ती–५ को आर्थिक सहयोग तालिम सुरु भएको हो । वडामा रहेको युवाहरुको क्षमता अभिवृद्धिको लागि तालिमको आयोजना गरिएको हो । बुधवार राप्ती–५ का वडा अध्यक्ष सिताराम तामाङले कार्यक्रमको उद्घाटन गरेका छन् । उनले कार्यक्रममा बोल्दै सिकेका कुरालाई व्यवहारमा उतार्न अनुरोध गरेका छन् । बोल्न शैलीको आवश्यक पर्ने भन्दै उद्घोषण अहिलेको आवश्यकता रहेको उनले बताए । कार्यक्रममा कार्यपालिका सदस्य गोमा धरेल, वडा सदस्यहरु चुडामणी बर्तौला, मदन लटौला, लक्ष्मी विक लगायत विभिन्न टोलविकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ३ दिन चल्ने तालिममा ४३ जनाको सहभागिता रहेको छ । गोमा धरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सभाध्यक्ष आयोजक संस्थाका अध्यक्ष सुरोज बराकोटी रहेका थिए ।