राप्ती । राप्ती नगरपालिकामा अर्गानक मल उत्पादन भएसंगै अुदानमा विक्रि सुरु भएको छ । ५ बर्ष देखि पालिकाको फोहोर व्यवस्थापन गरेको रिकिसी कम्पोष्ट मल उत्पादन गदै पालिकाको अनुदानमा मल वितरण सुरु भएको हो । बुधवार राप्ती २ को शिवशिखर सामुदायिक वन उपभोक्ता समुहको ले उपलव्ध गराएको फोहोर व्यवस्थापन र मल उत्पादन केन्द्रमा एक कार्यक्रमको आयोजना गदै अर्गानिक मल उत्पादनको घोषणा गरिएको हो । नगर प्रमुख शमशेर लामाले रासयनिक मल प्रयोगलाइ निरुत्साहित होस भन्दै मल उत्पादन गरी अनुदानमा विक्रि वितरण गर्ने गरी काम सुरु भएको बताए । उनले मलको उत्पादनमा हाम्रो सक्रियता रहन्छ यसले समयमानै फोहोर पनि उठ्ने र मल उत्पादन हुने भन्दै खुशि व्यक्त गरे । उनले अहिले कृषकलाइ प्रति किलो १५ रुपैया र वाकि पालिकाले व्यहोर्ने गरी मल विक्रि सुरु भएको बताए । बजारमा अर्गानिक मलको मुल्य प्रति किलो ३५ रुपैया रहेको छ । उनले वजारमा यसको प्रयोग बढेपछि माग पनि बढ्ने भन्दै आवश्यक मागलाइ उत्पादन गर्न सकिने पनि बताए । कार्यक्रममा वडा नं ३ का अध्यक्ष एवं पालिकाका फोहोर व्यवस्थापन समितीका संयोजक शिवकान्त ओलीले मलको गुणस्तरको विषयमा ध्यान दिने बताए । उनले विस्तारै सवैको मागलाइ पुरा गर्ने गरी काम हुने र यसको लागी आवश्यक सहयोग गर्न नगरवासीलाइ अनुरोध समेत गरे । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ कि अध्यक्ष सुमिता डल्लाकोटी, वडा नं ९ का अध्यक्ष खड्क बहादुर तामाङ्ग, वडा नं २ का कार्यवहाक अध्यक्ष कमल रुवाली , कार्यपालिका सदस्य कविता राइ , वडा नं २ की सदस्य मनमाया डिमडुङ्ग, वडा नं ९ की सदस्य मिना अधिकारी , उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओम डल्लाकोटी, इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख श्याममणी पोखरेल लगायतकाको उपस्थिती रहेको थियो ।