राप्ती । राप्तीका उपप्रमुख देवेन्द्र लामाले सामुदायिक वन पालिकाको धन भन्दै यसको संरक्षणमा पालिकावासी लाग्नुपर्ने बताए । लामाले सामुदायिक वनको कारण पालिकामा धेरै फाइदा हुने भन्दै यसको संरक्षण गर्न सवैलाइ अनुरोध गरे । कालिका सामुदायिक वन उपभोक्ता समुह राप्ती नगरपालिका वडा नं ८ को १८ औ बार्षिक साधरण सभा तथा अधिवेशनमा लामाले यसले फाइदा मात्र दिने भएकै कारण वनको उचित संरक्षण गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले हरियो वन नेपालको धन नारा अव हरियो वन राप्तीको धन हुने बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्यले ८ नं वडामा रहेका वडावासीलाए वनले सहयोग गरेको बताए । यसको अवको नेतृत्व समावेशी होस र अव आउने नेतृत्वले समेत सकरात्मक भुमिका खेलोस भन्दै शुभकामना दिए । वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले सामुदायिक वनकै कारण वडावासीलाइ घास दाउरा मात्र नभइ काठमा समेत सहुलियत मिलेको बताइन । यसकारण यसको उचित संरक्षण गरौ । अहिलेको नेतृत्व सहित आउने नेतृत्वले सृजनात्मक काम गर्ने कुरामा आफु ढुक्क रहेको बताइन । कार्यक्रमा विभिन्न संघ स.स्थाका प्रतिनिधि, स्थानिय राजनैतिक दलका प्रतिनिधि तथा अन्य बिशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम वनका अध्यक्ष माधव गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।