अमृतपानीमा थपलिया र घले अध्यक्षको आकाक्षि

राप्ती । अमृतपानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नेतृत्वको चर्चा सुरु भएको छ । नया नेतृत्वको तयारीमा रहेको संस्थामा राप्ती नगरपालिका वडा नं ८ का पुर्व जननिर्वाचित वडाध्यक्ष बुद्धिराज थपलिया र निवर्तमान खानेपानीका अध्यक्ष गंगासिं घलेले विहिवार अध्यक्ष पदका लागी नोमिनेशन गर्ने तयारी गरेका छन । विहिवार १० बजे वाट सुरु हुने नोमिनेशनमा नेकपा एमाले एक्लै र गंठवन्धनको भिडन्त हुने देखिएको छ । एमालेले थपलियालाइ अघि सारेको छ भने गठबन्धनले घलेलाइ नेतृत्व स्वीकार गर्ने भएको हो । अहिले दुवै जना बलिया अध्यक्ष पदका आकाक्षि भएको भन्दै चर्चा सुरु भएको हो । थपलियाले यसअघि चौतारो कुलो योजनामा आफुलाइ खानेपानीमा स्थापित नेतृत्व गराउन सफल भएका थिए । उसोत थपलिया २०७४ देखि २०७९ सम्म सफल वडाध्यक्षको रुपमा समेत रहेका थिए । थपलियाले बुधवार आफ्ना निकटतम व्यक्तिहरुको भेला गराएर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको फोटो हाम्रो राप्ती एफ एमले सार्वजनिक गरेको थियो । उनलाइ अध्यक्ष पदका बलिया उम्मेदवारको रुपमा चित्रण गर्न सकिन्छ । यसका अलवा घले पनि सफल र कुशल नेतृत्वको रुपमा परिचित रहेका छन । उनले अमृतपानी खानेपानीको लागी गरेको योगदानको कदर गर्ने हो भने उनी पुन अध्यक्ष बन्ने सम्भावना रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार