सञ्चारको पहुच नजिक राप्ती १३ – अव जनतालाइ सुचना प्रवाहमा सहजता

राप्ती । राप्तीको विकट मानिएको वडा नं १३ मा सञ्चारको सुविधा थपिने भएको छ । शुक्रवार साझ वडा नं १३ का अध्यक्ष अशोक कुमार प्रजाले सामाजिक सञ्जालमा टेलिकमको टावर र आफ्नो फोटो हाल्दै ठुला सपना पुरा हुने तर्खरमा रहेको बताए । उनले सञ्चारको सुविधा वाट वञ्चित भएका मेरा जनताले अव सहज महसुस गर्नेछन । यो संगै हाम्रो राप्ती एफ एमले टावरको फेदमा वडाध्यक्ष प्रजा बसेको फोटो राख्दै सुन्दर अनि आशा लाग्दो तस्विर भनेर स्टाटस हालिदियो । राप्तीको आशिंक ठाउमा सञ्चारको सुविधा छ । पुर्व फकिए मोवाइलमा टावर आउछ पश्चिम फर्किए जान्छ । उकालो चडे आउछ ओरालो लागे जान्छ । कुनै फाटमा टावर छ भने कुनै फाटमा छैन । मोवाइल छ तर टावर छैन । अव भने १३ का जनताले सञ्चारको सुविधा पाउने कुरामा कुनै दुइमत नरहेको नगर प्रमुख शमशेर लामाले बताए । आफु स्वयंमले मंसिरको अन्तिम साता टेलिकमलाइ पत्र लेखेर टावर व्यवस्थापनको लागी अनुरोध गरेको बताए । उनले मंसिर २५ मा नगरपालिकाको तर्फ वाट राप्ती १३ को तान्द्राङ्ग र वाक्राङ्गमा मोवाइल टावरको माग गरेका थिए । मंसिरको अनुरोधलाइ टेलिकमले करिब ६ महिनामा आएर तयार पारेको हो । उनले भने ”हामीले थाहा पाए जति , जनताले जानकारी दिनु भए जतिका धेरै गुनासो र समस्याको समाधानमा लागि परेका छौ । तर कहिकाहि कामको श्रय भने अरुले लिने गरेको उनले दुखेसो गरेका छन । उनले पोहोर भदौमा राप्ती १२ सम्म बत्ति लगिएकै हो । पहिले १२ का जनतालाइ वत्ति बालौ अनि १३ मा बाल्ने हामीले काम अगाडी बढाएको उनले बताए । पोहोर भदौ वाटै वडाध्यक्ष ज्युले पोल विस्तारको कामलाइ तिव्रता दिनु भएको थियो । तर केहि दिन अघि भने श्रेय लिनेको होड चलेको थियो ” लामाका अनुसार अव केहि समयमानै राप्ती १३ मा टेलिकमको पहुच पुग्नेछ । यस वाट जनताले स्थानिय सरकारसंगको समन्वय राम्रो हुनेछ । राप्तीका उपप्रमुख देवेन्द्र लामाले राप्तीको भौगोलिक अवस्थालाइ मध्य नजर राख्दै हामीले विकासको कामको बिषयमा फरक धारणा तय गरेका छौ । राप्ती १३ अरु वडा भन्दा साच्चै विकट छ यसकारण सम्र्पकमा रहेर काम गर्दा सहज हुने भएको कारण पहिले सञ्चारलाइ हामीले प्राथकिता दिएका हौ । मेयर साव संगको छलफल पछि टेलिकम संग समन्वय गरेपछि अव चाहि १३ मा सञ्चारको समस्या हुदैन भन्ने लागेर यो कामलाइ तिव्रता दिन पालिकाले दवाव दिएको हो । वडाध्यक्ष ज्युले पनि निरन्तर फलोअप गर्नूभयो अनि चाडो निर्माणमा सहजता भएको हो । अव जनता हामीसंग सञ्चारको माध्यम वाट सिधै ठोकिने छन । वडाध्यक्ष प्रजाका अनुसार वडावासीलाइ सञ्चार सेवाको साच्चै खाचो रहेको थियो । जुन अहिले आएर पुरा भएको छ । अव सवैले आफ्नो गुनासो वा कुनै समस्या हामीलाइ भन्न सक्नुहुनेछ । कुनै पनि सुचना प्रवाह हुनेछ । राप्तीको यो विकासको बिषयलाइ लिएर सामाजिक सञ्जालमा केहि विवादित कुरा पनि आएका छन । पालिकाले गरेको प्रयास र मेहिनतमा चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले जस लिने प्रयत्न गरिरहेको गुनासो पनि हो । केहि समय अगाडी टेलिकमको प्रमुख र सांसद ढकाल विचको फोटो सामाजिक सञ्जालमा भाइरल गराउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सर्मथकले भने १३ को टावरको बिषयमा जस लिन चाहि रहेको कमेन्ट समेत आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार