वडा नं ११ को आफ्नो भवन वाट सेवा दिने तयारी

राप्ती । राप्ती नगरपालिका वडा नं ११ ले आफ्नै भवन वाट सेवा दिने भएको छ । वडा नं ११ काृ दुइतले भवन प्रयोगको लागी तयार भएपछि यहि हप्ता वडा कार्यालय सर्ने भएको हो । अहिले सामुदायिक भवन वाट सेवा दिदै आएको वडाले अज भने आफ्नै भवन वाट सेवा दिने भएको वडाध्यक्ष बुद्धि बहादुर तामाङ्गले बताए । हामी ६ बर्ष देखि एउटै भवनमा रहेर काम गर्यौ अव भने आफ्नै भवन वाट थप सेवा सहित वडाको काम हुने तामाङ्गले बताए । भवनको अवस्था के छ र कुन अवस्थामा छ छ भन्दै नगर प्रमुख शमशेर लामाले अनुगमन गरेका छन । लामासंगै प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने सहभागि भएका थिए । प्रमुख लामाले वडा भवन पुर्ण रुपमा तयार भएको कारण यहि सातावाट आफनै भवन वाट सेवा दिन लागिएको बताए । उनले ६ बर्ष पछि तयार भएको भवनमा जनताले आफ्नै वडा भवन वाट सेवा लिने बताए । यसरी अव सहज पनि हुन्छ साथै जनताले अझ प्रभावकारी सेवा पाउने बताए । उनले भवन निर्माणमा विभिन्न कारणले समस्या भए पनि अहिले पुर्ण तयार भएको भन्दै वडावासीलाइ बधाइ समेत दिए । यसैविच नगर उपप्रमुख देवेन्द्र लामाले सानो दुइइ वटा कोटामा सेवा दिदा जति गाह्रो भएको थियो अव सो समस्या नहुने बताए । उनले जनतालाइ जति सक्दो चाडो आफ्नै भवन वाट सेवा दिने तयारी भएको हो यहि कारण पनि भवन बनेपछि आफै भवन वाट सेवा दिनुपर्नेमा लामाले जोड दिए । अनुगमनमा गएका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेले वडामा ५ वटा कोठा र १ वटा हल सहितको निर्माण भएको भन्दै आवश्यक फर्निचर नगरले व्यवस्थापन गदै सेवा तत्काल सुरु गरिने बताए । उनले वडाका जनप्रतिनिधिले को कहा रहने हो तय गर्नुहुनेछ तर नगरले सक्दो चाडो आफ्नै भवन वाट सेवा लिएको हेर्न चाहान्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार