आउदो बर्खा देखी पहाडका जनतालाइ भण्डारा आउन सहज

राप्ती । राप्ती नगरको वडा नम्बर ३ र ४ को बिचमा पर्ने मर्ताल खोला तटवन्धनको बिषयमा अनुगमन भएको छ । नेपाल सरकारका अर्थमन्त्री अर्थ विज्ञ सल्लाहकार एवं योजना आयोगका पुर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नगर प्रमुख शमशेर लामा सहितको टोलिले अनुगमन गरेको हो । स्थानियका अनुसार नम्वरी जग्गामा समेत खोला पसेपछि गुनासो बढी रहेको छ । सरकार वा संघिय सरकार जस्ले जे गरे पनि दिगो तटवन्धनको काम हुनुपर्ने स्थानियको माग रहेको छ । डा पौडेलका अनुसार राप्तीमा तटवन्धनको समस्या प्रमुखको रहेको कारण यसको लागी हतार नगरी दिगो विकासको लागी काम गर्ने बताए । उनले राप्तीमा आफु योजना आयोगको उपाध्यक्ष हुदा समेत राप्तीको लागी दिगो विकासको लागी योजना बनाएको बताए । विचमा निर्वाचन भएपछि सो कुरा रोकिएको तर आफुले जनताको काम कहिले नरोकिने बताए । पौडेलले भने “राप्तीमा चाडै दिगो विकासको खाकाले पुर्णता पाउनेछ । यहाको जनताले आम्दानीको लागी दिगो सोच तय गर्नेछन । म अझै पनि इमान्दारिताको साथ जनताको लागी काम गरिरहेको छु । बोलेको कुरा पुरा समेत पुरा गर्नेछु । ” डा पौडेलले नगर प्रमुख लामालाइ जे जे सहयोग आवश्यक छ भन्नु होला म राप्तीको लागी केहि गर्न चाहान्छु । नगर प्रमुख लामाले राप्तीको मुख्य समस्या तटवन्धन भएको र पहिले राप्ती ३ र ४ को मर्ताल खोलाको समस्या प्राथमिकतामा राख्ने बताए । डा पौडेल उपाध्यक्ष हुदा व्यवस्थापन गरिदिनु भएको बजेट वाट राप्ती ११ को च्युरी खोलाको पुल समेत निर्माण भइरहेको बताए । यो बर्खामा राप्ती ११ देखि १३ का जनतालाइ भण्डारा आउन कसैले नरोक्ने बताए । नगर उपप्रमुख देवेन्द्र लामाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जस्तो नतिजा आए पनि डा पौडेलले राप्तीको विकासमा महत्पुर्ण भुमिका रहेको बताए । राप्ती १२ को यौरालीटारमा रहेको गणेश माविको छात्रावास, स्वास्थ्य चौकि र खानेपानीमा काम भएको छ । अव यसले निरन्तरता पाउने बताए । अनुगमनमा नारायणी नदि व्यवस्थापन आयोजना प्रमुख गणेश मरासनि,आयोजनाका सिनियर डिभिजिनल इन्जिनियर शेखरनाथ न्यौपाने सहभागि रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार