पुर्ण बहादुर मगर
राप्ती । जनताले शिक्षा र स्वास्थ्य सेवा निशुल्क पाउने कुरामा कुनै दुइमत नभएको राप्ती नगर प्रमुख शमशेर लामाले बताए । बुधवार बिशाल न्युजको आयोजना राप्ती नगरपालिकाको समन्वयमा भएको जनतासंग मेयर कार्यक्रममा प्रमुख लामाले जनताले आफु स्वस्थ्य भएको महसुश गर्नेछन अनि शिक्षामा निशुल्क सेवा पाउनेछन भन्दै यहि बर्ष देखि निशुल्क शिक्षा र स्वास्थ्यको लागी काम अघि बढ्ने बताए । राप्ती नगरपालिका वडा नं ७ को घडेरी डाडामा भएको कार्यक्रममा स्थानियले विद्यालयले अझै पनि शुलक लिएको , औषधि सवै निशुल्क नपाइएको , जनता आवास कार्यक्रममा किन छुटइएको तथा कृषकको लागी बिशेष योजना नल्याएको भन्दै गुनासो गरेका थिए । प्रमुख लामाले कुनै पनि विद्यालयले शुल्क लिएको भएको तत्काल फिर्ता गर्नको लागी मंगलवारनै निर्देशन दिएको बताए । अव पनि जनता वाट गुनासो आएमा कारवाहिको विकल्प खोजिने भन्दै जानकारी पाएमा जानकारी गराउन अनुरोध गरे । उनले पालिकाको अस्पतालमा निशुल्क स्वास्थ्यको सेवा भइरहेको र थप सुविधा रहेको पनि बताए । उनले अस्पतालमा अव स्वास्थ्य बिमा लागु भएपछि अझ यसको प्रभाव पर्ने बताए । २०८० वाट शिक्षा र स्वास्थ्यको लागी निशुल्क हुने भन्दै ढुक्क हुन अनुरोध गरे । सहभागिले पालिकामा किन प्रमुख प्रशासकिय अधिकृत नटिकेको भन्दा मेयरले भने “कर्मचारी प्रशासन शाखामा कोहि कसैको पनि हात नहुने भन्दै सरुवा बढुवा नियमति प्रकृया हो । यसमा मेयर उप मेयर वा कोहि कसैको सम्वन्ध रहदैन ” पछिल्लो समय राप्तीमा प्रमुख प्रशासकिय अधिकृत फेरिएकोमा जनताको गुनासो रहेको थियो । समयमा जनताले योजनाको माग गर्नुपर्ने, जनताले समस्या सुनाउनु पर्ने र त्यसको लागी समयको बिषयमा ध्यान दिन लामाले अनुरोध गरे । कति ठाउको समस्याको समाधानको लागी आफै पुगेको तर कहि जान नपाएकोमा जनतालेनै सचेत गराउनु पर्ने बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले असारको बजेटमा अवाश्यकता र प्राथमिकताको योजना ल्याउन अनुरोध गरिन । उनले जसको योजना लिखित रुपमा आउछ सो योजनालाइ पहिलो प्राथमिकतामा राख्छु । उनले वडाको प्रत्येका समस्यालाइ प्राथमिकताको आधारमा बजेट व्यवस्थापन गरिने बताइन । वडाले सवै क्षेत्रमा उत्तिकै प्राथमिकताको साथ काम गरेको र सवै समुहलाइ उत्तिकै व्यवस्थापन गर्ने प्रत्यन्त गरेको बताइन । उनले कोहि पनि जनता विकासमा सन्तुष्ट हुनुहुदैन । यो अझ थप परिस्कृत हुदै जानुपर्छ । जनताले चाहेको विकास गर्नमा अझ टेवा पुग्ने उनले बताइन । कार्यक्रममा राप्ती ७ का वडा सदस्य ओम बहादुर पुनले वडागत विकासको लागी जनप्रतिनिधि मात्र नभइ तपाइ हामी जनतापनि सक्रिय हुनुपर्ने बताए । उनले जनताको जागरुपतालाइ हामीले व्यवस्थापन गर्ने हो । यो प्रकृया पोहोर वाट सुरु भयो अव फेरी जारी रहन्छ । पहिलो बर्ष नभएका यो बर्ष हुने र यो बर्ष अर्काे बर्षको लागी योजना खोजिने बताए । विस्तारै हुन्छ तर पक्का हुनेछ । कार्यक्रममा वडा नं ७ का वडा सदस्य सलमान तामाङ, मञ्जु थापा मगर , वडा सचिव विर्जलाल डागी , आधारभुत स्वास्थ्य केन्द्र प्रमुख तुलसा डागीले जनतासंग सहजीकरण गरेका थिए ।