परेवाश्वरीको विवादको छानविन गर्न नगरको निर्देशन , मंगलवार प्रारम्भिक चरणमा छलफल

राप्ती ।

राप्ती नगरपालिका वडा नं २ मा रहेको परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्था लि को विवादको बिषयमा राप्ती नगरपालिकाले छानविन समिती गठन गरेको छ । राप्ती ८ का वडा सदस्य दिपक अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिती गठन गरेको हो । सदस्यमा पशु चिकित्सक तथा पशुपक्षी शाखा प्रमुख शैलेन्द्र भण्डारी र पालिकाकी प्रशासकिय अधिकृत शारदा देवी शर्मा रहेका छन । सहकारीका लेखा समिती संयोजक शिव कडेलले सहकारीको सञ्चालक समितीले दुध विक्रि वितरणमा मिलोमतोमा विक्रि वितरण गरेको भन्दै आरोप लगाएका हुन । कडेलले आफ्नो सामाजिक सञ्जालमा सहकारीले भष्ट्रचार गरेको भन्दै पोष्ट गरेका थिए । यो संगै कार्यसमितीको बैठकले कडेलले गरेको व्यवहारको भत्र्सना गदै आवश्यक कारवाहि गरिने बताएको हो । सहकारीको विवादलाइ लिएर समुदायमा चासो बढेपछि पालिकाले छानविन समिती गठन गरेको हो । नगर प्रमुख शमशेर लामाले अधिकारीको संयोजकत्वमा छानविन समिती गठन गरेका हुन । लामाले सहकारीको विधि र विधान भन्दा वाहिर गएर काम गरेको भए त्यसको छानविन गर्ने गरी निर्देशन दिएका हुन । समितीले मंगलवार कडेल सहित अध्यक्ष , उपाध्यक्ष र व्यवस्थापक संग छलफल गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार