चित्रकला प्रतियोगितामा दर्शन एकाडेमीका फेमस प्रथम (फोटो फिचर सहित)


राप्ती । राप्ती नगरपालिका शिक्षा युवा खेलकुद शाखाले आयोजना गरेको चित्रकला प्रतियोगितामा दर्शन एकेमेडीका फेमस घलान प्रथम भएका छन । बुधवार भण्डारा माविमा भएको प्रतियोगितामा दोस्रो आइरिस अकाडेकीका रेमन राइ , तेस्रो भण्डारा माविका विनिसा जर्गा मगर भएकी छिन । प्रतियोगितामा बुद्धशान्ती माविकी सुमिता मोक्तान सान्तवना भएकी छिन । शाखाले विद्यालयस्तरिय विभिन्न अतिरिक्त क्रियाकलाप अन्र्तगत कक्षा ५ सम्मको लागी चित्रकला प्रतियोगिता आयोजना गरेको शिक्षा अधिकृत रविना देउजाले बताइन । विजयी विद्यार्थीलाइ राप्ती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निलक कुमार न्यौपानेले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा योगेश खनाल, विश्व श्रेष्ठ र रविना देउजा निर्णायकमा रहेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार