चितवनमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु, एक जना गम्भिर

रत्ननगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा आइतबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

खानापकाउने सिलिण्डर ग्यास बोकेर भरतपुर तर्फ जादै गरेको ना ४ ख ६६७४ नं को ट्रकले सोही दिसा तर्फ जादै गरेको बागमती प्रदेश ०३–००२प ७६८८ नं.को स्कुटरलाई पछाडी बाट ठक्कर दिदाँ स्कुटर चालक भरतपुर ११ बस्ने २० बर्षीय सागर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परी भरतपुर ११ बस्ने २० बर्षीय बिशान्त ढकाल गम्भिर घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । स्कुटरलाई ठक्कर दिने ट्रक चालक तनहुँका ५० बर्षीय ढक बहादुर गुरुङ प्रहरी नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार