राप्ती । राप्ती नगरपालिका वडा नं ११ ले बुधवार देखि आफ्नै वडा भवन वाट सेवा सुरु गरेको छ । वडाले यसअघि ६ बर्ष सम्म सामुदायिक भवन वाट सेवा दिदै आइरहेको थियो । राप्ती नगरपालिका प्रमुख शमशेर लामाले वडा भवनको उद्घाटन गर्नुहुदै सुविधा सम्पन्न भवन वाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने बताए । उनले एउटा कोठा वाट सेवा दिदै आएको वडाले अहिले सहजरुपमा सेवाग्रहीलाइ सेवा दिन सक्ने बताए । सवैकुराको सुविधा भएपछि जनप्रतिनिधि र वडाका कर्मचारीले सेवाग्राहीलाइ दुख दिन नहुने बताए । कार्यक्रममा वडाका जग्गादाता राप्ती नगरपालिका वडा नं ५ का वडाध्यक्ष सिताराम वलले सामाजिक कामको लागी आफुले सहयोग गरेको बताए । उनले मेरो र आफ्ना दाजुभाइको जग्गा रहेको भन्दै वडा कार्यालय निर्माणमा आफुले जग्गा उपलव्ध गराएको बताए । उनले वडा मात्र नभइ वडाको आधारभुत स्वास्थ्य केन्द्रको लागी पनि जग्गा उपलव्ध गराएको बताए । कार्यक्रममा वल र अर्का जग्गादाता वडा नं ११ का वडा सदस्य हिरालाल वललाइ सम्मान गरिएको थियो । वडा नं ११ का वडाध्यक्ष बुद्धि बहादुर तामाङ्गले वडा कार्यालयको आफ्नै भवन वाट सेवा दिन पाउदा खुशि लागेको बताए । पहिले एउटै कोठा वाट सेवा दिदै आएको त्यसमा केहि असहजता रहेको थियो । अहिले भने त्यो सवै समस्या समाधान हुने बताए । उनले जनताले कुन कुन काम लिएर वडामा आउनु भएको हो सोहि अनुसार काम गर्न सहज वातावारण हुने बताए । कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने, कार्यपालिका सदस्य मित्रकुमारी तितुङ्ग, वडा सदस्य हिरालाल वल , मरिचमान तामाङ्ग, सुन्तली विश्वकर्मा, पुर्वकार्यपालिका सदस्य दिलकुमारी थिङ्ग लगायतकाको उपस्थिती रहेको थियो । लामा गुरुको बिशेष पुजाआजामा वडा कार्यालय उद्घाटन गरिएको हो ।