जीवन बिकास लघुबित्त बित्तिय संस्थाद्धारा खाद्यन्न सहयोग

राप्ती । भण्डारा शाखा कार्यालय रहेको जीवन बिकास लघुबित्त बित्तिय संस्थाले सामाजिक काममा सक्रिय बनाउदै गइरहेको छ । केहि समय अगाडी सरसफाइ , वडा नं ६ संग सहकार्य गरेर घर निर्माण गरेको स.स्थाले राप्तीको विकट मानिएको वडा नं १३ का ८२ बर्षको वृद्धलाइ खाद्यन्न सहयोग गरेको छ । जस्को कोहि छैन उस्को जीवन बिकास भने आभियान अन्र्तगत प्रेम बहादुर प्रजा लाई खाद्यन्न सहयोग गरेको शाखा प्रमुख सन्तोष अधिकारीले बताए । उनका अनुसार प्रजाको कोहि पनि नरहनु भएको र उहाको अवस्थाको वारेमा जानकारी पाएपछि हामी उहि पुगेर सहयोग गरेका हौ । वडा सदस्य आइत बहादुर प्रजाको उपस्थितीमा संस्थाले सहयोग गरेको हो । संस्थाले कालिटारको आधारभुत विद्यालयलाइ स्टेशनरी सामाग्रि पनि सहयोग गरेको छ । संस्थाले आफुहरु आर्थिक कारोवारमा मात्र नभइ सामाजिक काममा पनि सक्रिय रहेको अधिकारीले बताए । २०५४ साल मा स्थापना भएको स.स्थाको मुख्य कार्यालय मोरङमा रहेको छ । २४ जिल्लामा फैलिएको संस्थाको शाखा १ सय ५९ वटा रहेका छन । ३ लाख भन्दा बढी आफ्ना सदस्यलाइ संस्थाले विभिन्न माध्यम वाट सहयोग गदै आइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार