काशीरुपा आधारभूत विद्यालयको अध्यक्षमा तिमल्सिना

राप्ती । वडा नं ४ को एक मात्र सामुदायिक विद्यालय काशीरुपा आधारभूत विद्यालय (१–८) को अध्यक्षमा रामप्रसाद तिमिल्सिना चयन भएका छन् । शुक्रबार भएको अभिभावक भेलाले तिमिल्सिनालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो । तिमल्सिना सोही विद्यालयका पूर्व शिक्षक समेत हुन् । यसैगरि विद्यालयको व्यवस्थापन समितिको सदस्यहरुमा निर्मला परियार, निर्मला श्रेष्ठ, पार्वती र फुलमाया श्रेष्ठ चयन भएका झन् । राप्ती नगर शिक्षा अधिकृत रविना देउजाको संयोजकत्वमा बसेको भेलामा बोल्नुहुदै राप्ती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केदार आचार्यले विद्यालयको गुणस्तरमा वडा सधै लागी पर्ने बताए । उनले वडाको एउटामा मात्र विद्यालय हो हरेक बर्ष बजेट व्यवस्थापन र आवश्यक सहयोग रहने बताए । कार्यक्रमा कार्यपालिका सदस्य रमिता परियार,वडा सदस्य झमक बहादुर श्रेष्ठ, प्रधानाध्यापक विश्वेश्वर प्रसाद लामा लगायत पूर्व प्रधानाध्यापक, पूर्व सह प्रधानाध्यापक, पूर्व शिक्षक, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार