राप्ती । बैशाख ३० गएको बर्ष स्थानिय तहको निर्वाचन भएको दिन हो । यहि दिन भने राप्ती २ पिप्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको निर्वाचन हुदैछ । निर्वाचनमा ३ वटा प्यानल देखिएको छ । नेकपा एमालेले आफ्नै व्यापनल तयार गरेको छ भने गठबन्धनको आफ्नै प्यानल रहेको छ । उसोत राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अध्यक्ष वाहेकका पदमा प्यानलनै सहित उम्मेदवारी दिएको छ ।
यसअघिको निर्वाचनमा अष्ट्रृलिया बसेर चुनाव जितेका राजकुमार भट्ट नेकपा एमालेका नेतृत्वमा रहेका छन । एमाले उनलाइ अध्यक्ष पदमा अगाडी सारेको छ । यसका अलवा उपाध्यक्षमा उद्धव प्रसाद सिलवाल, कोषाध्यक्षमा राम प्रसाद बर्ताेला, सह सचिवमा गोकर्ण बहादुर विसुन्के , महिला सदस्यमा शिष्टता थपलिया , खुल्ला सदस्यमा चन्द्र बहादुर राइ, बुद्धिराज उप्रेती, बिष्णु प्रसाद ढकाल र डोलराज खरेल रहेका छन ।
गठबन्धनले भने अध्यक्षमा कृष्ण प्रसाद पाण्डे, उपाध्यक्षमा ज्ञान प्रसाद पाण्डे, कोषाध्यक्षमा राम बहादुर राइ, सह सचिवमा दिपकान्त पाठक, महिला सदस्यमा सविना पाठक, बिष्णु देवी ठकुरी, खुल्ला सदस्यमा लिलानाथ घिमिरे, सर्दशन लामिछाने, मान बहादुर योञ्जन, शशि कुमार ओली रहेका छन । उपाध्यक्ष पदका उम्मेदवार पाण्डे राप्ती २ का पुर्व वडा सदस्य समेत हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ६ वटा पदमा आफ्नो उम्मेदवारी दिएको छ । रा स्व पाले उपाध्यक्ष पदमा रघुनाथ उप्रेती, कोषाध्यष पदमा मन्जु खरेल कार्कि, सह सचिव पदमा सन्दिप धरेल, खुल्ला सदस्य पदमा मधु श्रेष्ठ, शशिकला पन्त र अम्विका रुवालीको उम्मेदवारी रहेको छ । रा स्व पाले राप्तीमा यो पहिलो प्यानल सहितको उम्मेदवारी दिएको हो । यसअघि अमृतपानी खानेपानीमा गठबनध वाट उम्मेवारी दिएको रा स्व पा ले विजयी हासिल गरेको छ ।
समितीको सचिव पद भने सर्व सम्मत टुङ्गिएको छ । निवर्तमान सचिव रामेश्वर गौतमनै सचिव पदमा निर्विरोध भएका हुन ।