अमृत खानेपानी तथा सरसफाइ उपभोक्ता स.स्थाको पद वहालीको फोटो फिचर सहित

राप्ती । सोमवार सम्पन्न अमृतपानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गंगासिह घलेले पुन अध्यक्षमा पदवहाली गरेका छन । बुधवार निर्वाचन समितीका संयोजक घनश्याम कडेल र राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले एक कार्यक्रमका विच सम्पुर्ण विजयी पदाधिकारी र सदस्यलाइ पदवहाली गराएका हुन । पदवहाली पछि घलेले सवैभन्दा पहिले साढे चार लाख लिटर बराबरको ट्याङ्गी निर्माणमा लागी पर्ने बताए । यसका अलवा राप्ती ८ का केहि परिवारलाइ जेठ महिनामै खानेपानीको सेवा उपलव्ध गराउने बताए । उनले आफुले अहिले दश हजार लिटर खानेपानीको ६० रुपैया शुल्क लिएकोमा ५० रुपैयामा उपलव्ध गराउने बताए । निर्वाचनमा फेरी विश्वास गर्नुभएकोमा धन्यवाद दिदै उनले आगामी दिनमा स्वच्छ खानेपानी उपलव्ध गराउन लागी पर्ने बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले उपभोक्ताको सम्मान गदै अगाडी बढ्नु पर्ने बताइन । उनले वडास्तर वाट हुने कुनैपनि सहयोगमा रोकछेक नहुने भन्दै निर्वाचित सवैलाइ बधाइ तथा शुभकामना दिइन । कार्यक्रममा निर्वाचन समिती संयोजक घनश्याम कडेलले भयरहित निर्वाचन भएकोमा खुशि व्यक्त गरे । विजयी र पराजय हुने दुवै समुहले सहयोग गरेको भन्दै आभार प्रकट गरे । उनले निर्वाचनमा हारजित हुन्छनै यसकारण मन दुखाउने वा खुशि हुनुपर्ने वास्तविक कारण नरहेको उनले बताए । विजयी १४ जना कार्यसमितीलाइ प्रमाण पत्र प्रदान गरिएको थियो । निर्वाचन समितीका सदस्य खिलप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम निर्वाचन समितीका सदस्य चुडाप्रसाद सिलवालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार