निर्वाचनमा आफ्नै पाटीले हराएको भन्दै छानविन गरी कारवाहि गर्न थपलियाको माग

राप्ती । अमृतपानी खानेपान तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनको नतिजाको बिषयमा अध्यक्षका प्रत्यासी बुद्धिराज थपलियाले पार्टी प्रति गुनासो पोखेका छन । थपलियाले निर्वाचनमा मतदान गर्नुहुने सम्पुर्णलाइ धन्यवाद दिदै पार्टीका मतदाताले सहयोग नगरेकोमा विरोध जनाउदै यसको लागी छानविन हुनुपर्ने बताए । उनले निर्वाचनमा आत्माघाति खेल खेल्ने पार्टि हराउन सहयोग पुर्याउने केहि नेता कार्यकर्ता बाट भएको पाइएको र आफुहरु त्यसको शिकार भएकोले नेकपा ( एमाले) पार्टि जिल्ला कमिटि लाइ उचित छानबिनको लागि अनुरोध गर्दछु भनेका छन । थपलियाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन

” सोमवार भएको अमृतपानी खानेपानीको निर्बाचनमा गणितिय हिसाबले हाम्रो टिम भन्दा धेरै मतान्तरले बिजयि हुने गङ्गासिङ घलेको टिम लाइ हार्दिक बधाइ दिदै कार्यकाल सफलताको लागि शुभकामना ब्यक्त गर्दछु यस कार्यमा सहयोग पुर्याइ हामिलाइ तेति मत प्रदान गर्नुहुने सम्पुर्ण मतदाता ज्यु हरुलाइ धन्यबाद ब्यक्त गर्दछु यस निर्बाचन मा गठबन्धनमा रहनु भयका नेपालि काग्रेस , माओबादि, रा स्व पा , रा प्र पा , समाजबादि , राप्ति ––७को गुलाफ समेत लाग्नुलाइ मैले स्वभाबिकै माने एउटाले सके अर्को लाइ हराउनेनै हो तर हाम्रा पार्टिका बर्को भित्र बसेर घिउखाने अर्को पार्टिलाइ सहयोग पुर्याउने आत्माघाति खेलखेल्ने पार्टि हराउन सहयोग पुर्याउने केहिनेता कार्यकर्ता बाट भयको पाइयको र आफुहरु तेसको शिकार भयकोले नेकपा ( एमाले) पार्टि जिल्ला कमिटि लाइ उचित छानबिनको लागि अनुरोध गर्दछु “

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार