राप्ती उद्योग वाणिज्य संघको भित्ते पात्रो विमोचन

राप्ती । राप्ती उद्योग वाणिज्य संघले बार्षिक क्यालेण्डर बिमोचन गरेको छ । राप्ती नगर प्रमुख शमशेर लामाले विहिवार एक कार्यक्रममा २०८० सालको क्लालेण्डर विमोचन गरेका हुन । उनले राप्ती उद्योग वाणिज्य संघको सृजनात्मक कामको खुलेर प्रशंसा गरे । उनले संघलाइ दिगो र स्थायि बनाउनको लागी यस किसिमको काम गरिरहनु पर्ने भन्दै सफलताको शुभकामना दिए । नया कार्यसमिती पनि आएको र नया उर्जा थपिएको भन्दै सकरात्मक कामको लागी संघप्रति पालिका सधै सहयोगी रहने बताए । राप्ती नगरपालिका उद्योगा वाणिज्य संघको क्रियाकलापमा अभिभाकत्व ग्रहण गदै अघि बढ्ने उनले बताए । अव पालिका भरिको व्यवसायीको पसलको भित्ता भित्तामा भित्तेपात्रो देख्न पाइने भयो । यो कामको लागी पुन उनले प्रशंसा गरे । संघका पदाधिकारी सहितको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्था लिका अध्यक्ष छविलाल भुसाल, वरिष्ठ उपाध्यक्ष ओम प्रसाद डल्लाकोटी लगायतकाले आफ्नो भनाइ राखेका थिए । कार्यक्रम संघका अध्यक्ष राजकुमार कडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
ुद्ध जयन्तिको शुभकामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार